Skip This
पूर्वप्रशिक्षक थापा रहेनन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १६ शनिबार o८:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वप्रशिक्षक थापा रहेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o८:१२:oo

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । ७५ वर्षे थापाको बिहीबार राति हृदयाघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाको पूर्वटेक्निकल इाइरेक्टरसमेत रहेका थापा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो पुस्ताका खेलाडी हुन् । सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा उनले नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए । थापाले घरेलु फुटबलमा न्युरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । 

खेल जीवनमा पनि उनी एन्फाको सहायक महासचिव बनेका थिए । एन्फा एकेडेमीको मुख्य योजनाकारमध्ये थापा थिए । उनले पटक–पटक राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए । उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।