
चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र गणतन्त्र कोरियाबीचको त्रिपक्षीय विदेशमन्त्रीहरूको बैठकमा भाग लिने भएका हुन्।
कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिएका छन्।