मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Tuesday, 01 September, 2026
२o८o मङ्सिर ४ सोमबार १६:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ओपनएआईबाट बर्खास्त साम अल्टम्यान माइक्रोसफ्टमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १६:o९:oo

ओपनएआईबाट बर्खास्तीमा परेका साम अल्टम्यान टेकजाएन्ट माइक्रोसफ्टमा भर्ती हुने भएका छन्। च्याटजिपिटीका निर्माता साम पुनः ओपनएआईमा फर्कने चर्चाबीच माइक्रोसफ्टले सामलाई ल्याउन लागेको घोषणा गरेको हो।

माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नाडेलाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एउटा नयाँ र उन्नत एआई रिसर्च टिमको नेतृत्व गर्ने गरी अल्टम्यान माइक्रोसफ्टमा आउन सक्छन्।’

अल्टम्यानको ठाउँमा ओपनएआईले भिडियो लाइभस्ट्रिमिङ प्लेटफर्म ट्विचका पूर्वसिइओ एम्मेट सियरलाई सिइओ नियुक्त गर्दै छ। सियरले यसलाई ‘जीवनमा विरलै प्राप्त हुने अवसर’का रूपमा उल्लेख एक्समार्फत सो विषयलाई पुष्टि गरिसकेका छन्।