मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक २४ शुक्रबार ११:०५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सुरक्षित दीपावली मनाउन सचेत र सावधान हुन जरुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक २४ शुक्रबार ११:०५:००

तिहारमा बिजुलीको खपत बढी हुन्छ । दीपावली मनाउने क्रममा नेपालमा आगलागीका घटना पनि हुने गरेका छन् । तपाईं–हाम्रै हेलचेक्र्याइँले यस्तो भएको हो । त्यसैले आगलागीबारे निकै सचेत र सावधान हुन जरुरी देखिन्छ । 

आगलागीका कारण 
तिहारमा बढी विद्युतीय बत्ती प्रयोग गर्न थालिएको छ । अन्य समयभन्दा झन्डै दोब्बर विद्युत् खपत हुन्छ । तार र ट्रान्समिटरमा लोड बढी भएपछि आगलागीका घटना निम्तिने गरेका छन् । त्यस्तै, तेल र पालामा बत्ती बाल्दा पनि कैयौँ आगलागीका घटना भएको पाइन्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ । 

यसरी ख्याल गर्न सकिन्छ 
दियो बालेपछि सुत्नुअघि निभाउनुपर्छ वा आफ्नो निगरानीमा राख्नुपर्छ । त्यस्तै, विद्युतीय बत्तीको तार सर्ट हुन सक्ने भएकाले ख्याल गर्नुपर्छ । रातिको समयमा सकेसम्म विद्युत्बाट बालिने बत्ती नबाल्दा राम्रो हुन्छ । बत्ती बालेर निगरानी नराख्दा त्यसको कारणले आगलागी भएर धनजनको क्षति हुन सक्छ ।