बाढीपहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण
बाढीपहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

तस्बिर : राेयटर्स

पूर्वीलिबियाको बाढीबाट बढी प्रभावित सहर डेर्नामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ। सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले सहयोग गर्ने बताएका हुन्।

लिबियाका लागि विशेष प्रतिनिधि अब्दुलाय बाथिलिले डेर्ना र अन्य प्रभावित क्षेत्रहरूमा समन्वय बढाउने बताएका छन्। उनले आवश्यकता परेकाहरूलाई सहायता उपलब्ध गराउने जनाएका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार सो क्षेत्रमा बाढीका कारण पाँच हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने १० हजारभन्दा बढी बेपत्ता छन्। ३८ हजार ६ सय ४० भन्दा बढी मानिस विस्थापित भएका बताइएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

See More On

सुझावित समाचार