१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाधि दाबेदार स्पेनमाथि जापानको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२३:oo

फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । एक खेलअगाडि नै नकआउट चरणमा स्थान बनाएको जापान समूह विजेता बनेको छ । स्पेन यस समूहमा उपविजेता बनेको छ । जापानविरुद्ध स्पेनले पूरै खेल अवधिमा दबाब राखेको थियो । स्पेनले ७७ प्रतिशत बल पोसेसन बनाएको छ । तर, जापानले प्राप्त अवसरमा गोल गर्दै स्पेनलाई निराश बनाउन सफल भयो । 

जापानको सानदार जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् । रिको युकी र मिना तानाकाले समान एक गोल गरे । बलियो स्पेनमाथि जापानले मध्यान्तरअघि नै ३–० को अग्रता लिएको थियो । जापानले गरेको तीनवटै गोल काउन्टर एट्याकमा थियो । खेलको १२औँ मिनेटमा हिनाताले स्पेनका खेलाडी सम्हालिन नपाउँदै जापानलाई १–० को अग्रता दिलाइन् । खेलको २९औँ मिनेटमा रिकोले जापानलाई २–० को स्थितिमा राखिन् । खेलको ४०औँ मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो गोल गर्दा जापान ३–० ले अघि रह्यो । 

पहिलो हाफमा स्पेनको गल्तीमा गोल गरेको जापानले मध्यान्तरपछि एक गोल मात्र थप्यो । खेलको ८२औँ मिनेटमा तानाकाले जापानलाई ४–० को जित पक्का गरिन् । समूह ‘सी’मा जापानले तीन खेलमा अपराजित रहँदै सर्वाधिक नौ अंक बटुलेको छ । स्पेन ६ अंकका साथ उपविजेता बनेको छ । यस समूहबाट जाम्बिया र कोस्टारिका बाहिरिएका छन् । जाम्बियाले एक अंक जोडेको छ । जाम्बियाले कोस्टारिकालाई हराएको थियो । अब जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेता नर्वेविरुद्ध खेल्नेछ । स्पेनले समूह ‘ए’को विजेता स्विट्जरल्यान्डको सामना गर्नेछ । समूह ‘सी’मा जाम्बियाले कोस्टारिकालाई ३–१ ले हराएको थियो । जाम्बियाको जितमा लुसोमो मेम्वा, बारब्रा बन्डा र रचेल कुन्दानान्जीले गोल गरेका थिए । 

अस्ट्रेलिया समूह विजेता
विश्वकपको सहआयोजक अस्ट्रेलिया समूह ‘बी’को विजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको छ । प्रतियोगिताको सोमबार भएको खेलमा अस्ट्रेलियाले क्यानडामाथि ४–० को जित निकाल्यो । क्यानडा समूह चरणबाटै घर फर्किएको छ । क्यानडाले दुई बराबर र एक हार सामना गरेको छ । क्यानडाले नाइजेरिया र आयरल्यान्डसँग बराबरी खेलेको थियो । नकआउट चरणमा प्रवेश गर्न क्यानडालाई अस्ट्रेलियालाई बराबरीमा रोक्दा काफी थियो । तर, अस्ट्रेलियासँग अप्रत्याशित रूपमा फरकिलो अन्तरले पराजित भएपछि क्यानडाको प्रिक्वार्टरफाइनल पुग्ने सबै सम्भावना समाप्त भयो । 

अस्ट्रेलियाले समूह ‘बी’मा तीन खेलबाट ६ अंक बटुल्यो । नाइजेरिया पाँच अंकका साथ उपविजेता बन्यो । यस समूहमा आयरल्यान्डले एक अंक हात पा¥यो । घरेलु रंगशालामा अस्ट्रेलियाका लागि हेली रासोले दुई गोल गरेकी थिइन् । यसैगरी, मारी फोलेर र स्टेफ क्याट्लेले समान एक गोल ठोके । खेलको ३४औँ मिनेटमा मारीको गोललाई भिएआरले मान्यता दिएन । अस्ट्रेलियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । खेलको अन्तिम इन्जुरी समयमा अस्ट्रेलियाकी क्याट्लेले पेनाल्टीमा गोल गरेकी थिइन् । यसै समूहमा भएको अर्काे खेलमा आयरल्यान्ड र नाइजेरियाबीच गोलरहित बराबरी भयो । नाइजेरिया समूहमा अपराजित रह्यो ।

ad
ad