१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०८० असार १५ शुक्रबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेवाखोला बाढीपहिरो : १३ दिनपछि एकको शव भेटियो, १९ अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०८० असार १५ शुक्रबार १६:१०:००

संखुवासभाको हेवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एकजनाको शव अरुण नदी किनारमा फेला परेको छ।

टाउकोबाहेकको शरीर मात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।

चैनपुर नगरपालिका– ११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको संखुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले जानकारी दिए।

फेला परेको शव पाँचखपन नगरपालिका– ७ का ३३ वर्षीय भुवनसिंह तामाङकी श्रीमतीले आफन्तको भएको बताए पनि पुष्टि हुन सकेको छैन।

प्रहरीका अनुसार बाढीपहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता छन्। बाढीपहिराेका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ। रासस