१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्याङ्जामा युवकको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o५:oo

स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका– १३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका– ३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती– ३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो । 

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

ad
ad