१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जेठमा आठौँ प्रधानमन्त्री भलिबल लिग हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o२:oo

नेपाल भलिबल संघको आयोजनामा आठौँ प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला भलिबल लिग १९ जेठमा हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टोलीको सहभागिता रहने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराएका छन् । गत चैतमा काठमाडौंमा भएको आठौँ एनभिए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टोली छनोट गरिएको उनले बताए । पुरुषमा शीर्ष आठ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुनेछन् । पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्टस्, नेपाल एपिएफ, नेपाल आर्मी, नेपाल प्रहरी, कोशी, गण्डकी, सुदूरपश्चिम र बूढानीलकण्ठ भलिबल क्लबले भाग लिनेछन् । 

महिलामा प्रहरी, एपिएफ, न्यु डायमन्ड, आर्मी, एभरेस्ट भलिबल, बुटवल र कर्णालीले खेल्ने संघका अध्यक्ष चन्दले बताए ।  । पुरुषमा टिपटप र महिलामा प्रहरी साबिक विजेता हुन् । पुरुष र महिलामा सहभागी टोलीले राउन्ड रोबिन लिगमा एकआपसमा खेल्नेछन् । शीर्ष दुई स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्नेछन् । पुरुष र महिलातर्फका शीर्ष तीन स्थानमा रहने टोलीले नगद पुरस्कार पाउनेछन् । पुरुष र महिला च्याम्पियनले आठ लाख रुपैयाँ हात पार्नेछन् । उपविजेताले चार लाख र तेस्रो स्थानमा रहने टोलीले दुई लाख पाउनेछन् । 

यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपयाँ दिइने चन्दले बताए । विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ दिइनेछ । उपत्यकाबाहिरका टोलीलाई एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । ०६९ मा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशि करिब दुई लाख रुपैयाँ रहेको चन्दले बताए । 

ad
ad