Skip This
एनआइसी एसिया क्यापिटल र संखुवासभा पावरबीच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २२ सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटल र संखुवासभा पावरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार ११:१९:oo

 एनआइसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको छ । क्यापिटलले उक्त सेवाअन्तर्गत संखुवासभा पावर डेभलपमेन्ट कम्पनीलाई संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराउने सेवा दिने भएको हो  । 

यसका साथै भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता पनि सम्पन्न भएको जनाइएको छ । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका अध्यक्ष सौरभ अज्र्यालले हस्ताक्षर गरेको उल्लेख छ ।  

संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले संखुवासभाको सभा खोलामा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको जनाइएको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत् आयोजना र ४.१ मेगावाटको सुपर सभाखोला साना जलविद्युत् आयोजना रहेको उल्लेख छ । 

संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत सेयर अर्थात् एक सय रुपैयाँ अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ ।