१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
ओथम्यान मोक्बेल
२o८१ जेठ २ बुधबार १o:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टाइनबारेको धारणा परिवर्तन हुँदै छ पश्चिममा

Read Time : > 2 मिनेट
ओथम्यान मोक्बेल
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३१:oo

लामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे । केही तटस्थ नै रहन खोज्थे । धेरैचाहिँ प्यालेस्टाइनीमा नै खोट देख्थे । 

तर, विगत ६ महिनादेखि जारी गाजामाथिको आक्रमणलाई परिभाषित गर्ने क्रूरताको परिमाण र भयावहताले प्यालेस्टिनी जनताको पीडाप्रति व्यापक उदासीनतालाई अन्त्य गरेको छ । अलजजिरा र प्यालेस्टाइनी पत्रकारजस्ता समाचार संस्थाहरूको निडर रिपोर्टिङका स्थलगत मिडिया कभरेजले गाजा र प्यालेस्टाइनका मानिसले पुस्ताँैदेखि सहनुपरेको वास्तविकताप्रति सबैको आँखा खोलेको छ ।

गाजामा काम गरिरहेको र बेलायतका नीति–निर्माताहरूलाई प्रभावित गर्ने एउटा प्रमुख गैरसरकारी संस्था ‘एक्सन फर ह्युम्यानिटी’मा गरेको ‘युगभ’ सर्वेक्षणमा ५६ प्रतिशत बेलायती अहिले इजरायललाई हतियार निर्यात रोक्ने पक्षमा रहेको पायौँ । केवल १७ प्रतिशत मात्रै विपक्षमा देखिए भने बाँकीलाई द्विविधामा रहेको पायौँ ।

यो निकै ठूलो कुरा हो । हामीले वर्षाैंदेखि सिरिया र यमनजस्ता द्वन्द्वबारे जनमत सर्वेक्षण गर्दै आएका छौँ । बेलायती जनतालाई कहिल्यै पनि द्वन्द्वबारे यत्तिको सचेत पाएका थिएनाैँ । यसबाहेक, ५९ प्रतिशत उत्तरदाताले इजरायलले गाजामा मानवअधिकार उल्लंघन गरिरहेको बताएका थिए । यो भनेको लगभग पाँचजनामा तीनजना हो । 

इजरायलको क्रूरताले पश्चिममा प्यालेस्टाइनी जनताको पीडाप्रतिको उदासीनतालाई अन्त्य गरेको छ 

केवल १२ प्रतिशतले मात्र यस्तो नभएको महसुस गरेका थिए ।उल्लेखनीय के भने यो सर्वेक्षण अप्रिल १ मा वल्र्ड सेन्ट्रल किचनका सहायताकर्मीको हत्या हुनअघिको हो । अप्रिल १ को घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ । युके र अमेरिकी सरकारहरू पनि स्तब्ध बने । सहायताकर्मीमाथिको आक्रमणको व्यापक निन्दाले युद्धको भयावहतालाई महसुस गर्ने र आफ्नो मुलुक यसको हिस्सा हुनुहुँदैन भन्नेहरूको संख्या पर्याप्त बढेको विश्वास गर्न सकिन्छ । 

युगोभको अर्काे सर्वेक्षणले के देखाएको छ भने गाजामाथिको यो युद्ध जति लामो समय चलिरहन्छ, त्यति नै धेरै मानिस युद्धविरामको पक्षमा हुँदै जानेछन् (यस्तो संख्या नोभेम्बरमा ५९ प्रतिशतबाट फेब्रुअरीमा ६६ प्रतिशत पुगेको पाइयो) । गाजामा भएको आक्रमण न्यायोचित नभएको ठान्नेहरूको संख्या बढ्नेछ (नोभेम्बरमा ४४ प्रतिशतबाट फेब्रुअरीमा ४५ प्रतिशत) । शान्तिवार्ता चाहनेहरूको संख्या बढ्नेछ ।

यही प्यार्टन हामीले पश्चिमा जगत्मा देखिरहेका छौँ । विश्वव्यापी मञ्चमा इजरायलको सबैभन्दा ठूलो समर्थक अमेरिकामा ह्वाइट हाउस प्रशासनलाई बढ्दो गैरसैन्य मृत्युको संख्यालाई न्यायोचित साबित गर्ने हम्मे मात्रै परिरहेको छैन, सरककारको रबैयाप्रति जनताले असहमति जनाउने क्रम पनि बढिरहेको छ । सिबिएस/युगोभको एक सर्वेक्षणले अक्टोबरमा ४७ प्रतिशत अर्थात् करिब आधा अमेरिकीले इजरायललाई हतियार पठाउन कुरामा समर्थन गरेको देखाएको थियो, जबकि यो महिना यो संख्या घटेर ३२ प्रतिशतमा झरेको छ । 

हामी के विश्वास गर्छाैं भने अहिले पश्चिमका जनताको बहुमत गाजा, वेस्ट बैंक र जेरुसेलममा भइरहेको मानवताविरुद्धका अपराधबारे बढीभन्दा बढी सचेत हुँदै गइरहेको छ । धेरैभन्दा धेरै मानिस पूर्ण रूपमा स्तब्ध छन् । कुनै समय गाजामा भएका ठूलो संख्यामा नागरिकको मृत्युलाई न्यायोचित महसुस गर्नेहरूले पनि अहिले गाजामा जे भइरहेको छ, त्यसलाई पृथ्वीका कुनै पनि कुराले सही ठहर्‍याउन सक्दैन भन्ने महसुस गर्न थालेका छन् । यो संख्या बढ्दो छ । दुःखको कुरा, पश्चिमा सरकारका राजनीतिज्ञ आफ्ना जनताको चाहना र भावनासँग पूर्णतया उदासीन छन् । यो नैतिक रूपमा निन्दनीय मात्र होइन, राजनीतिक रूपमा अदूरदर्शी पनि छ ।

सन् २०२४ लाई ‘चुनावको वर्ष’ भनिएको छ । यो वर्ष विश्वका कम्तीमा ४९ प्रतिशत मानिसले कुनै न कुनै बिन्दुमा मतदान गर्दै छन् । गाजामा भइरहेको मानवअधिकार उल्लंघनलाई रोक्न सहजीकरण गरून् भन्ने आफ्ना जनताको चाहना बेवास्ता गर्ने राजनीतिज्ञले चुनावी हारको सामना गर्नुपर्ने हुन सक्छ । 

बेलायतमा लेबर पार्टी, जसले अगामी सरकार बनाउने विश्वास गरिन्छ, ऊ इजरायललाई हतियार सहयोग बन्द गर्नुपर्ने जनआवाजका पछाडि छ । हाम्रो सर्वेक्षणमा अर्काे चुनावमा लेबरलाई मतदान गर्न चाहने ७१ प्रतिशतले युके सरकारले इजरायललाई अनुदान दिन रोक्नुपर्ने बताए ।

गाजामा के भइरहेको छ भन्ने कुरामा आमजनताले ध्यान नदिएको र उनीहरूलाई झुटमा अलमल्याउन सकिएका कारण दशकौँदेखि पश्चिमा देशहरू प्यालेस्टाइनीविरुद्धका दुव्र्यवहारलाई उन्मुक्तिसहित समर्थन गर्न सक्षम भइरहेका थिए । इजरायलले गाजामा क्रूर र बर्बरतापूर्वक युद्ध चलाइरहेको कारण यो विषयमा जनअपेक्षा अब समाप्त भएको छ ।

 मानवताका सबै स्वरूप जहाँका मानिसका लागि पनि आधारभूत कुरा हो । अधिकांश मानिस शान्ति र न्यायमा विश्वास गर्छन् । उनीहरूलाई निर्दाेषहरूको हत्या गर्नु गलत हो भन्ने थाहा छ । अहिले विश्वले गाजामा ध्यान दिन थालेको छ । प्यालेस्टिनीहरू कति अप्राकृतिक, कति भयानक वास्तविकता सहन बाध्य छन् भन्ने कुरा सबैले देख्न पाएका छन् । अब उनीहरू यो चाहँदैनन् ।

(मोक्बेल एक्सन फर ह्युम्यानिटीका सिइओ हुन्) अलजजिराबाट

ad
ad