मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Friday, 14 February, 2025
नवीन गुरुङ संखुवासभा
२o८o माघ २७ शनिबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेर्पा संघ संखुवासभाको नयाँ कार्यसमिति, अध्यक्षमा मिगुर शेर्पा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १७:५३:oo

नेपाल शेर्पा संघ संखुवासभाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रबार राति अबेर सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनले मिगुर शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। 

समितिको उपाध्यक्षमा लाक्पारिन्जी शेर्पा, सचिव नुर्बू शेर्पा र कोषाध्यक्षमा दावा शेर्पा चयन भएका छन्। अधिवेशनले ९ जनाको कार्यसमिति चयन गरेको छ भने २ जनापछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष मिगुर शेर्पाले बताए। नयाँ कार्यसमितिको अवधि तीन वर्षको रहनेछ।

अधिवेशनका प्रमुख अतिथि नेपाल शेर्पा संघ केन्द्रीय समितिका उपाध्यक्ष तेन्जी शेर्पाले बत्ती बालेर उद्घाटन गर्दै आफ्नो भाषा, संस्कार संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा शेर्पा समुदायबाट स्थानीय तहमा निर्वाचित १५ जनप्रतिनिधिहरूलाई सम्मानित गरिएको थियो। त्यसैगरी, जग्गादाता छिरिङ शेर्पालाई समेत दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।