१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल सरकारकी पूर्वस्वास्थ्यसचिव डा. किरण रेग्मीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३६:oo

देशमा उत्पादित स्वास्थ्य जनशक्तिको विदेश पलायन किन बढिरहेको होला ? 
यतिखेर स्वास्थ्य जनशक्ति मात्र होइन, कक्षा १२ पढ्दै गरेका लगभग सबैजसो विद्यार्थीको मूल ध्येय जसरी भए पनि विदेश जानुपर्छ भन्ने देखिन थालेको छ । यहाँ बसेर गरिखान गाह्रो छ, रोजगारीको वातावरण छैन भन्ने परेको छ सबैमा । मेडिकल शिक्षा आर्जन गर्न मिहिनेत र पैसा निकै खर्च भएको हुन्छ । यहाँ बसेर आफ्नो मिहिनेत र खर्चअनुसारको प्रतिफल प्राप्त हुने वातावरण नदेखेपछि उनीहरू बाहिरिएका हुन् ।

फेरि नेपालमा स्वास्थ्यसम्बन्धी गुणस्तरीय जनशक्ति उत्पादन भइरहेको छ । त्यस्तो जनशक्तिलाई बाहिर बिक्न, टिक्न र आफ्नो लगानीअनुसार कमाइ गर्न निकै सहज छ । त्यसैले, विदेशी मुलुकहरूले समेत तिनलाई तान्न सक्दो कोसिस गरिहेका छन् ।

 यसले नेपाली स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पार्ला ?
अहिलेकै अवस्थामा नेपालमा दक्ष मेडिकल जनशक्तिको कमी छ । यसरी निरन्तर दक्ष जनशक्ति बाहिरिन थाल्यो भने सरकारले प्रत्येक पालिकासम्म पुर्‍याउने भनिएका अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न निकै कठिन हुन्छ । यस क्षेत्रमा जनशक्ति अभाव झन् बढ्छ ।  

बिदेसिने जनशक्तिलाई यतै रोक्न या बिदेसिएका जनशक्तिलाई स्वदेश फर्काउन सकिन्न ?
यसका लागि राज्यले प्रस्ट नीति ल्याउन सक्नुपर्छ । देशमै पेसागत सुरक्षाको वातावरण बनाउनुपर्छ । ‘मिडिल एज’मा पेसागत दक्षता अभिवृद्धि गर्न विदेश जाने जनशक्ति आफैँ फर्किन्छन् । तर, कम उमेरमै बिदेसिने जनशक्तिले उतै भविष्य सुरक्षित र यता असुरक्षा मात्र देख्छन् । त्यसैले, उनीहरूलाई फर्काउन कठिन छ । 

ad
ad