१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५५:oo

नवलपुरको मध्यविन्दु नगरपालिका– १२ बेलहानीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०–६५ वर्षीय श्रीमान् तुलबहादुर कुमाल र अन्दाजी ५०–५५ वर्षीया मीना कुमाल आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । 

स्थानीयका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरूले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजीनिती गर्दा दुवैजना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढे ८ बजेसम्म छिमेकीहरूसँग गफ गरिरहेको स्थानीयले बताएका छन् । 

श्रीमती मीना कुमालको टाउकोमा चोट लागेको छ भने श्रीमान् तुलबहादुर कुमाल झुन्डिएको अवस्थामा भेटिएका छन् । प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटनास्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकाले अहिलेनै घटनाबारे केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए । 

स्थानीयले भने श्रीमानले श्रीमतीको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको आशंका गरेका छन् ।  यसअघि पनि श्रीमान्र–श्रीमतीबीच वेलावेलामा झगडा हुने गरेको स्थानीयले बताए ।
 

ad
ad