Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी सियोल
२०८० जेठ १८ बिहीबार ०८:५७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

Read Time : > 1 मिनेट
एजेन्सी, सियोल
२०८० जेठ १८ बिहीबार ०८:५७:००

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । उत्तर कोरियाको नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (एनएडिए) ले आजको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इन्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपाय गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ । यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढंगले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सियोलमा हल्लिखल्ली मच्चियो भने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो । सोलमा मानिस हवाई आक्रमणको साइरनको आवाजबाट ब्युँझिए । कैयौँ सुरक्षित स्थानतर्फ भाग्ने तयारीमा देखिएका थिए । यस आपत्कालीन सन्देश प्रवाह भएको २० मिनेटपछि मात्र त्यो त्रुटिवश प्रवाह भएको सूचना प्रवाह गरिएको थियो । 

जापान, दक्षिण कोरिया र अमेरिकाद्वारा निन्दा
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङयाङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । उत्तर कोरियाली अधिकारीका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो । 

अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि प्योङयाङको पछिल्लो प्रक्षेपणको निन्दा गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अंगको भएको बताएका छन् ।