Skip This
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सम्झौता’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
रासस न्युयोर्क
२o८o जेठ १४ आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सम्झौता’

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १३:५१:oo

अमेरिकी ह्वाइटहाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन  ‘सैद्धान्तिक सम्झौता’ गरेका छन्।

यो सहमति एक महत्वपूर्ण कदम हो। यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता  हाउस र सिनेटमा जानेछ।’

अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यसबारे उल्लेख गरेका छन्। ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुने र प्रतिनिधिसभाले बुधबार मतदान गर्ने म्याकार्थीले बताए।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार भनेका छन्, ‘यदि कंग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन्।’ अमेरिकी कंग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा एक सय दुईपटक परिमार्जन गरिएको छ।