१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दलका शीर्ष नेता कुन-कुन समितिमा ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:३४:oo

प्रतिनिधिसभाले विषयगत समितिहरू गठन गरेको छ । ती समितिहरूमा दलका शीर्ष नेताहरू पनि मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा कानुन समितिमा मनोनित भएका छन् । 

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली र सत्तासिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मनोनित भएका छन् । 

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड भने सरकार प्रमुख भएकाले जुनसुकै समितिमा पदेन सदस्यका रूपमा रहनेछन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राज्य व्यवस्था तथा सुशासन समितिमा मनोनीत भएका छन् । 

लोसपा अध्यक्ष महन्थ ठाकुर अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्यमा मनोनीत भएका छन् । 
 

ad
ad