मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत २० सोमबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटामा जग्गाको वर्गीकरण

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत २० सोमबार १२:४१:००

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । शुक्लाफाँटा नगरपालिकाले भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेको हो । यसअघि भीमदत्त नगरपालिकाले जमिनको वर्गीकरण गरेको थियो । 

आइतबार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ । नगरप्रमुख रणबहादुर महरा र प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले संयुक्त रूपमा भूउपयोग क्षेत्रको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे ।

शुक्लाफाँटा नगरप्रमुख महराले नगरपालिकाभित्रको जग्गा संरक्षण गर्न र खण्डीकरण हुन नदिन जग्गालाई आवासीय र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको बताए ।  उनका अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकताअनुसार अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरिएको छ। 

आवासीय प्रयोजनका लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री–वितरण गर्न नमिल्ने भूउपयोग नियमावलीले व्यवस्था गरेको छ । सरकारले भूउपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको वर्गीकरण गर्ने काम भइरहेको छ ।