मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १८:४१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘कोरोनातन्त्र’ लिएर आए समीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १८:४१:oo

लेखक रवीन्द्र समीरको १३औँ पुस्तक कोरोनातन्त्र प्रकाशित भएको छ। लघुकथा विधाका सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो।

कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन्। कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा पुस्तकमा समेटेका छन्।

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन्। आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्‍यो भन्ने बिम्बलाई पुस्तकमा उतार्ने कोसिस गरिएको छ।

इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रूपमा रहने विश्वास गरिएको छ। कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यंग्य गरेका छन्। कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो।

एक दर्शन बढी पुस्तक लेखेका लेखक समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विध्याभूषण पदकलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त गरेका छन्।