
सन्दीप लामिछाने ग्लोबल स्टार मानिन्छन् । एसाेसियट राष्ट्र नेपाली राष्ट्रिय टिमका सबैभन्दा ठूला स्टार सन्दीप विश्वकीर्तिमानको नजिक पुगेका छन् ।
एकदिवसीय म्याचमा सबैभन्दा चाँडो सय विकेट लिने विश्वकीर्तिमान बनाउन अब सन्दीपलाई एक विकेट मात्र चाहिएको छ ।
आज ४०औँ म्याच खेलिरहेका सन्दीपले मोहम्मद वसिमलाई आउट गर्दै आफ्नो विकेट संख्या ९९ पुर्याएका छन् । एक विकेट लिए उनको नाममा सबैभन्दा चाँडो सय विकेट लिने रेकर्ड बन्नेछ ।
हाल यो रेकर्ड अफगानिस्तानका रसिद खानको नाममा छ । रसिदले ४४ म्याचमा सय विकेट लिएका हुन् ।