Skip This
न्युजिल्यान्डमा गेब्रियल चक्रवात ३२ सय अझै बेपत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Saturday, 27 July, 2024
एजेन्सी वेलिङटन
२o७९ फाल्गुण १० बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

न्युजिल्यान्डमा गेब्रियल चक्रवात ३२ सय अझै बेपत्ता

Read Time : < 1 मिनेट
एजेन्सी, वेलिङटन
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १o:१४:oo

न्युजिल्यान्डमा गतसाता आएको गेब्रियल चक्रवातमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । 

स्थानीय सञ्चार माध्यमका अनुसार अझै ३२ सयजना सम्पर्कविहीन र २० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । धेरै स्थानमा सम्पर्कविच्छेद भएकाले बेपत्ता भएकाको संख्या अझ बढ्ने प्रहरी अनुमान छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् । पुनर्निर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्यान्ड डलर आवश्यक पर्ने बताइएको छ ।

प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियलबाट भएको क्षतिको मूल्यांकन, पुनर्निर्माणलगायत समन्वयात्मक कामका लागि मन्त्रीहरू नियुक्त गरेका छन् । प्रधानमन्त्री हिपकिन्सले अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई प्रतिकूल मौसमबाट भएको क्षतिको आकलन एवम् पुनः प्राप्ति समितिको अध्यक्षमा नियुक्त गरेका छन् भने चक्रवात ग्रेबिएलबाट भएको क्षतिको विवरण संकलन एवं पुनर्निर्माण कार्यको नेतृत्व पनि उनले गर्नेछन् । उनको सहयोगीका रूपमा बारबरा एडमन्ड्सलाई नियुक्त गरिएको छ । समितिको सदस्यमा स्वयं प्रधानमन्त्री हिपकिन्स र आपत्कालीन व्यवस्थापनमन्त्री किरन म्याकअनल्टी सदस्य छन् ।

प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुअरीमा क्राइस्ट चर्च भूकम्पपछि न्युजिल्यान्डमा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका थिए । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताएका छन् । गत सोमबारदेखि न्युजिल्यान्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आपत्काल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् ।