मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Wednesday, 17 September, 2025
२o७९ फाल्गुण ८ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलमा भीषण बाढी, ३६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार ११:५७:oo

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिराेमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ। 

बाढी–पहिराेबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ सहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालमा घर र जमिन बगाएको, सवारीसाधन खोलामा खसेका, राजमार्ग भत्केका र रूख ढलेका दृश्य देखिन्छन्। 

उक्त सहरमा ३५ जनाले ज्यान गुमाएकाे राज्य सरकारले बताएको छ । उबातुबा सहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। घटनामा अझ धेरैकाे ज्यान गएकाे हुन सक्ने आशंका गरिएकाे छ।  

साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अधिकारीहरूले बाढी–पहिराेमा हराएका तथा घाइते भएकाहरूबारे जानकारी दिएका छैनन्। 

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच सहरमा आपतकाल घोषणा गरेकाे छ।  

साथै, उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन्। राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्ने जनाइएकाे छ।  

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको बताइएकाे छ। गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस सहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।