Skip This
भारतले मनायो ७४औँ गणतन्त्र दिवस 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १२ बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतले मनायो ७४औँ गणतन्त्र दिवस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार २o:oo:oo

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी प्रमुख अतिथिका रूपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ। भारतको संविधान बनेपछि हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। 

समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौँ अन्य व्यक्तिहरूको उपस्थिति थियो। 

सन् १९५० मा भारतको संविधान लागू भएको थियो। कार्यक्रमको सिलसिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए।

कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रंगीचंगी झाँकीहरूको शृंखला प्रस्तुत गरेका थिए।