
बिहान उठ्नासाथ स्मार्ट फोन चलाउने बानी कतिपयमा हुन्छ । यो लत त्याग्नुस् । किनकि, सामाजिक सञ्जालमा आउने कतिपय नकारात्मक खबरले तपाईंको मुड अफ गरिदिन्छन् र दिन बिगार्छन् । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ । त्यस्तै, टिभी हेर्ने काम पनि नगर्नुस् ।
बरु, बिहानको समय तपाईंले आफूलाई ऊर्जा दिनेखाले संगीत वा प्रेरणादायी प्रवचन सुन्न सक्नुहुन्छ । कतिपयको उठ्नासाथ चिया वा कफीको चुस्की लिने बानी हुन्छ । तपाईंले यसको साटो मनतातो पानी पिउनुपर्छ ।