१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब बर्दिबास अस्पतालमै सुत्केरीको शल्यक्रिया हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:१७:oo

बर्दिबास अस्पतालमा सुत्केरीको शल्यक्रिया सेवा सुरु भएको छ । शनिबार दुई सुत्केरीको सफल शल्यक्रियासँगै बर्दिबास अस्पतालमा शल्यक्रिया सेवाले निरन्तरता पाएको हो । बर्दिबासमै सुत्केरीको शल्यक्रिया सेवा सुरु भएपछि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता हटेको छ । बर्दिबास अस्पतालले मासिक करिब सय सुत्केरी अन्यत्र रेफर गर्दै आएको थियो ।

शल्यक्रियाकै लागि निजी अस्पताल जाँदा कम्तीमा ३० देखि ५० हजारसम्म खर्च हुने गरेकोमा सरकारी अस्पतालले नै शल्यक्रिया सेवा सुरु गरेपछि राहत मिलेको सेवाग्राहीले बताएका छन् । सरकारी अस्पतालले भने सुत्केरीलाई अस्पतालले खर्चसमेत उपलब्ध गराउँछ । बर्दिबासबाहिरका सुत्केरीलाई एक हजार र नगरपालिकाभित्रकै सुत्केरीलाई नगरपालिकाको तर्फबाट थप एक हजार गरी दुई हजार उपलब्ध गराउने गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

यस अस्पतालमा महोत्तरीकै सम्सी, सोनमा, गौशाला, रामगोपालपुर, भंगहा, लोहारपट्टी तथा महोत्तरीबाहिर सर्लाहीबाट पनि सुत्केरी गराउन ल्याउने गरिएको छ । तर, शल्यक्रियाको अवस्था आए अन्यत्र भौँतारिनुपर्ने बाध्यता थियो  । तर, अब महँगोमा शल्यक्रिया गराउनुपर्ने बाध्यता हटेको सिनियर नर्स चण्डिका अधिकारीले बताइन् ।

बर्दिबास अस्पतालले हालै अस्पतालमा ओसिएमसी, सुत्केरीको शल्यक्रियालगायतका सेवाहरू सुरु गरेको छ । बर्दिबासबाहेक महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्वरमा मात्र शल्यक्रियाको सुविधा छ । योबाहेक अधिकांश सुत्केरी शल्यक्रियाका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता थियो । सरकारी अस्पतालमा जान नसक्ने वा नचाहनेले महँगोमा निजी अस्पतालहरूमा शल्यक्रिया गराउँदै आएका थिए ।

‘बर्दिबास अस्पतालमा शल्यक्रिया सेवा तथा अन्य सेवा सुरु हुनुमा बर्दिबास नगरपालिकाको अहं भूमिका छ । मेयर प्रह्लाद क्षेत्रीको पहलमा चिकित्सक तथा स्वास्थ्य कर्मचारीको नगरपालिकाले व्यवस्थापन गर्नुको साथै शल्यक्रियाका उपकरणको प्रबन्ध गर्न पनि विभिन्न निकायसँग समन्वय गरिदिएकाले अस्पतालले कोल्टे फेरेको छ,’ सिनियर नर्स अधिकारीले भनिन् ।

ad
ad