मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०७९ पौष १७ आइतबार १९:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ पौष १७ आइतबार १९:३६:००

काबुलस्थित सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ। अफगानिस्तानको सरकारी सञ्चारमाध्यम खामा प्रेसका अनुसार विस्फोटमा आठजना गम्भीर घाइते भएका छन्।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेटनजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताए।

उत्तरी तखार प्रान्तको राजधानी तालुकान सहरमा बुधबार भएको विस्फोटमा चारजना घाइते भएको तीन दिनपछि यो अर्को विस्फोटको घटना भएको हो। पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोटका घटना बढ्दै गएका छन्।