मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार १९:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १९:५७:oo

बंगलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ।

बंगलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो।

बंगलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो। 

त्यसैगरी, नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ। नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलंकासँग खेल्नेछ।