१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

विनोदविक्रम केसीको एकल कविता वाचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४८:oo

कवि विनोदविक्रम केसीले सोमबार काठमाडौंस्थित मण्डला थिएटरमा एकल कविता वाचन गरेका छन् । सुसेला सांगीतिक समूहले आयोजना गरेको कार्यक्रममा कवि, सर्जक तथा दर्शकको उपस्थिति थियो ।

कार्यक्रममा केसीले ‘प्रेम एक भोक’, ‘मृतक प्रेमीको फिर’, ‘निमुखा मोमटाजहरू’, ‘प्रेम केही प्रकरण’, ‘गोल्ड मेडल’, ‘तपाईं सिसिटिभीको नियन्त्रणमा हुनुहुन्छ’ लगायत झन्डै एक दर्जन कविता वाचन गरे । 

कार्यक्रममा कवि विमल निभाले विनोदविक्रमलाई ‘बागी कवि’ भनेर सम्बोधन गरे । ‘विनोद बागीहरूको प्रतिनिधि हुन्,’ उनले भने । त्यसैगरी, कवि भुपाल राईले केसीको ‘नेपाल सानै छ देवकोटाजी’ कविता वाचन गरे । केसीले समाजलाई फरक तरिकाले हेर्ने गरेको भन्दै राईले प्रशंसा गरे ।

‘अरूले सुल्टो तरिकाले हेर्छन्, विनोदजीले उल्टो तरिकाले हेर्छन् । त्यसकारण विनोदका कविताभित्र पनि धेरै कविता हुन्छन्,’ रार्ईले भने । कार्यक्रममा शान्तिप्रिय बन्दनाले कवि केसीको ‘गितार भिरेकी केटी’ कविता वाचन गरेकी थिइन् । 

ad
ad