१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विमलेन्द्र निधि पूर्वउपसभापति
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २६ सोमबार १०:३०:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

निर्वाचनमै जाँदा पनि देउवाको पक्षमा स्पष्ट बहुमतको अंकगणित छ : विमलेन्द्र निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २६ सोमबार १०:३०:००

अन्तर्वार्ता

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाको तयारी कस्तो छ ?
खासै तयारी गरिसक्नुभएको छैन । समानुपातिकको सूची बुझाएपछि बल्ल तयारीका लागि ग्राउन्ड बनेको छ । अहिले नै उहाँले संंसदीय दल र सरकारको नेतृत्वका लागि गम्भीर छलफल गरिसक्नुभएको छैन । आन्तरिक गृहकार्य भने गरिरहनुभएको छ ।

संसदीय दलमा त धेरै आकांक्षी देखिए नि ?
संसदीय दलको नेतामा लड्ने अधिकार त पार्टीबाट प्रत्यक्ष र समानुपातिकमा निर्वाचित सबै ८९ सांसदलाई नै छ । तर, मसँग त सभापति देउवाबाहेक कसैले अहिलेसम्म संसदीय दलमा लड्छु भन्नुभएको छैन । 

तपाईंसँग भनेको छैन भन्दैमा देउवाको विकल्प नै छैन भन्ने त होइन होला नि ? 
शेरबहादुरजीको सक्रियता र शैलीलाई हेर्दा अहिलेको अवस्थामा सरकार र संसदीय दलको नेतृत्व उहाँले नै गर्नुहुन्छ । उहाँकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने हो । मिलेसम्म उहाँ नै सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ, नभए निर्वाचनमा जाँदा पनि उहाँको पक्षमा स्पष्ट अंकगणित छ ।