१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अस्ट्रेलिया नकआउट चरणमा पुग्दा डेनमार्क बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २३:१६:oo

निर्णायक खेलमा डेनमार्कलाई पराजित गर्दै अस्ट्रेलिया कतार विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । 

समूह ‘डी’को अन्तिम खेलमा अस्ट्रेलिया डेनमार्कलाई १–०ले हराउँदै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । 

योसँगै अस्ट्रेलियाले १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ को यात्रा तय गर्‍याे । अस्ट्रेलिया यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो ।

अल जानोब स्टेडियममा भएको खेलमा ६०औँ मिनेटमा रिले म्याग्रेको पासमा म्याथ्यु लेकीले गरेको गोलले अस्ट्रेलियाको भाग्य खुलाइदियो । त्यसो हुँदैनथ्यो भने सो समूहबाट ट्युनिसिया अन्तिम १६ मा पुग्ने थियो । 

डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध बहादुरीपूर्वक १–० को जित निकाले पनि ट्युनिसिया अभागी साबित भयो । जितपछि उसको जम्मा चार अंक भयो भने डेनमार्कलाई पन्छाएपछि अस्ट्रेलिया ६ अंकसहित समूह उपविजेता बन्यो । एक खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्स समान अंक भए पनि गोलअन्तरका आधारमा समूह विजेता बन्यो ।

ad
ad