१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १३ मंगलबार
  • Sunday, 11 May, 2025
सन् २०२१ मे १४ मा बेइत हनौन सहरमा इजरायली हवाइ हमलापछि ध्वस्त भएको आफ्ना घर हेर्दै प्यालेस्टाइनीहरु । तस्बिर : एपी
रासस गाजा
२o७९ मङ्सिर १३ मंगलबार १३:२३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य संकट

Read Time : < 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o७९ मङ्सिर १३ मंगलबार १३:२३:oo

इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट परेको छ। गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसंख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ।

सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ। यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव भएको छ।

गाजाको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी एक परिषद्ले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण जनसंख्या गरिबीतर्फ पनि धकेलिएको छ।  सो प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ।

गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीको बसोवास रहेको छ। यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ।