Skip This
मस्कोले बोलायो नर्वेका राजदूत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Saturday, 27 July, 2024
रासस मस्को
२o७९ मङ्सिर १२ सोमबार २२:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मस्कोले बोलायो नर्वेका राजदूत

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार २२:१४:oo

ड्रोन प्रयोग गरेको आरोपमा नर्डिक देशमा ठूलो संख्यामा रुसीहरू पक्राउ पर्न थालेपछि मस्कोले सोमबार नर्वेली राजदूतलाई बोलाएको छ।

रुसी विदेश मन्त्रालयले नर्वेका राजदूत रोबर्ट क्भिलेलाई ओस्लोले उनीहरूको राष्ट्रियताको आधारमा रूसी नागरिकहरूलाई सताउन बन्द गर्नुपर्ने भन्दै बोलाएको हो। 

युक्रेनमा मस्कोको आक्रमणको प्रतिक्रियामा लागू गरिएको प्रतिबन्धको उल्लंघन गर्दै नर्वेली भूमिमा ड्रोन उडान गरेको आरोपमा गत साता एक रुसी व्यक्तिलाई नर्वेमा ९० दिनको जेल सजाय सुनाइएको थियो।

हालैका साताहरूमा नर्वेमा लगभग एक दर्जन रुसीहरूलाई उडान प्रतिबन्ध लगाइएको छ। त्यस्तै, संवेदनशील मानिने फोटो खिच्ने साइटहरूमा प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाउँदै पक्राउ गरिएको छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुसीहरूविरुद्धको सजाय राजनीतिक रूपमा प्रेरित भएको र निष्पक्ष न्यायका सिद्धान्तहरूसँग कुनै सरोकार नभएको हामीले नोट गरेका छौँ।’