टिभिएसको ‘कायापलट’ योजना अब तीन दिन

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दसैँ, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ नामको योजना छठपछि पनि केही दिन सञ्चालन हुने भएको छ । योजना बिहीबारसम्म सञ्चालन हुने भएको हो ।  

कम्पनीले योजनामा योजना अवधिभित्रै टिभिएसका कुनै पनि दुईपांग्रे सवारीसाधनमा विभिन्न उपहार योजना राखेको जनाएको छ । जसअनुसार नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सक्ने उल्लेख छ । यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी३० स्मार्ट फोन र २५ प्रतिशत डाउन पेमेन्ट गरी मासिक चार हजार दुई सय ७७ रुपैयाँ इएमआईमा बाइक तथा स्कुटर पाउन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै बम्पर पुरस्कारमा ५० लाख नगद रहेको जनाइएको छ । कम्पनीले नेपालभर एक सय ४० भन्दा बढी डिलरमार्फत टिभिएसका दुईपांग्रे सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा दिइरहेको जनाएको छ । 

See More On

सुझावित समाचार