डिलासैनीमा पहिलोपटक बिजुली, तिहार भयो झिलिमिली

बुधबार, ९ कार्तिक, २०७९
डिजिटल संस्करण

बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो।

उज्यालो डिलासैनी अभियानअन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। 

चुनावका वेला उज्यालो डिलासैनी बनाउँछौँ भन्ने वाचा रहेकाले सोही वाचाअनुसार विद्युतीकरणलाई प्राथमिकतामा राखेको जोशीको भनाइ छ।

धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्र रूपमा अगाडि बढाइएकाे छ। 

लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै वेला बिजुली बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पहिलोपटक बिजुली पुग्दा निकै खुसी लागेको र तिहार झिलिमिली भएको स्थानीयवासी हरिश धामीले बताए। रासस

सुझावित समाचार