कर्णाली राजमार्ग : २६ किलोमिटर क्षेत्रमा खसेको पहिरो पन्छाउन बाँकी

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

करिब दुई सातादेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्न २६ किलोमिटर बाँकी रहेको छ। जुम्ला–सुर्खेत कर्णाली राजमार्ग २३२ किलोमिटर रहेको छ। यसमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।

उनले भने, ‘१९ असोजदेखि आएको वर्षाको बाढीपहिरोले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो। पहिरो पन्छाउने काम निरन्तर चलिरहेको छ। सुर्खेतदेखि कालिकोटको शेराबाडासम्म सवारीसाधन चलिरहेका छन्। 

झन्डै १५ देखि २० वटा डोजर पहिरो पन्छाउन प्रयोग गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। ठूलाठूला ढुंगाको पहिरो आएकोले ब्लास्ट गर्ने काम भइरहेको छ। प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने प्रयास निरन्तर भइरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। 
 

सुझावित समाचार