बबई, राप्ती र नारायणी नदीमा पानीकाे सतह खतराको तहमाथि

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण
बबई, राप्ती र नारायणी नदीमा पानीकाे सतह खतराको तहमाथि

फाइल तस्बिर

लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तहमाथि पुगेको छ।

बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम राप्तीमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ। 

नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पानीको सतह थप बढ्न सक्ने भन्दै सजगता अपनाउन आग्रह गरेको छ। आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम छ। मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ। 

सुझावित समाचार