जुरिखेत दुर्घटना : मृतकको संख्या सात पुग्यो

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो।

मृतकहरूको पहिचान खुल्न सकेको छैन। तत्कालै घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिरहेको छ। बसमा ३२ जना सवार रहेका बताइएकाे छ। दुर्घटनामा अन्य कैयाै‌ यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भीमफेदी स्वास्थ्यचौकी पठाइएको छ।

काठमाडाै‌ उपत्यकामा चल्ने उक्त बस दसैंका लागि घर फर्कने यात्रु लिएर मकवानपुरतर्फ जाँदै गरेकाे थियाे।

सुझावित समाचार