१०औँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री पोखरेल

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्।

१०औँ खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको बताए।

‘१०औँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि द्विविधा नमान्नुहोला,’ उनले भने, ‘१०औँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता हुने जिकिर गरे। उनले प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि तीन तहका सरकार, सम्पूर्ण सरोकारवालाबिच समन्वयमा जोड दिए।

सुझावित समाचार