गगनलाई रविको सुझाव– पार्टीमा बसेर सधैँ हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिँदा राम्रो

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब फकाउनुभन्दा छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवाको नाम उल्लेख नगरी लामिछानेले भने, ‘पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ कहिले काहीँ।’

उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास उसको ठुलो शक्ति र ठुलो कमजोरी पनि भएको भन्दै लामिछानेले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे।

सुझावित समाचार