जुरिखेत दुर्घटना (तस्बिर र भिडियाे)

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण
जुरिखेत दुर्घटना (तस्बिर र भिडियाे)

जुरिखेत बस दुर्घटना । तस्बिर : सुदीप शिवाकाेटी/नयाँ पत्रिका

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा. ३ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएकाहरूको पहिचान हुन सकेको छैन । सबै शव सडकमै छोपेर राखिएको छ । बसमा रहेका थुप्रै यात्रु गम्भीर घाइते भएका छन् । प्रहरी र स्थानीय मिलेर उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भीमफेदी स्वास्थ्यचौकी पठाएका छन् । 

घटनास्थलमै रहेका नयाँ पत्रिकाकर्मी सुदीप सिवाकोटीले पठाएका तस्बिर :

सुझावित समाचार