- हिपहप पाश्चात्य नृत्यको एउटा विधा हो, नेपाली समाजको मारुनी, शास्त्रीय र लोकनृत्यजस्तै । हिपहप ‘फ्री स्टाइल’को नृत्य हो, जसमा शारीरिक कसरत बढी हुन्छ । यसका लागि धेरै मिहिनेत चाहिन्छ । युवापुस्तामा हिपहपको राम्रो क्रेज छ । अहिलेका युवा डान्सलाई ‘फेम’सँग जोड्छन् । तर, यो स्टारडमको माध्यम नभई प्यासन र साधना हो ।
- मानिसहरू आफ्नै ढंगले नृत्य गर्छन् । फ्रिस्टाइल डान्स भएकाले हिपहप पनि आफैँ गर्न सकिन्छ । युट्युब र अनलाइन भिडियोमार्फत सिक्न पनि सकिन्छ । तर, यसक्रममा कतिपयले स्टेप नै बिगारिरहेका हुन्छन्, जो राम्रो होइन । आफ्नो करिअर र सीपलाई निखार्नका लागि तपाईंले हिपहपको महत्वलाई राम्ररी बुझ्न जरुरी छ र यसका लागि तपाईंले यस डान्सको प्रशिक्षण लिनु राम्रो हुन्छ ।
- धेरै मान्छे जिम जान्छन् । शरीर सुगठित बनाउन निकै मिहिनेत गर्छन् । तर, जिम भनेको आधा मान्छे र आधा मेसिनको सहकार्य हो । जिम छोडेको केही समयमै शरीर बिग्रिन थाल्छ । कसैको बोसो पलाउने त कसैको एब्स बिग्रिने हुन सक्छ ।