सर्पले डसेर एक महिलाको मृत्यु

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

सर्लाहीमा बिषालु सर्पले डसेर एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षीया श्याम कुमारी महतोको सर्पले डसेर ज्यान गएको प्रहरीले जनाएको छ ।  

घर बनाउने ठाउँमा ज्याला मजदुरीको काम गर्ने महतोलाई शुक्रवार गोमन सर्पले डसेको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार