आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीका साथै प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहनेछ ।
 

See More On

सुझावित समाचार