यसपटक दसैँको वेला लामो दूरीको यातायात कसरी व्यवस्थित गरिँदै छ ?
हामीले हरेक वर्ष तयारी गरिरहेकै हुन्छौँ । तर, सरकारी पक्षले हाम्रा समस्या खासै बुझ्दैन । यसपटक अझै छलफलमा बोलाएको छैन । दसैँ नजिकिएपछि मात्र सरकारी निकायले चासो दिन्छ । त्यतिवेला सडक संरचना र यातायात सुधार गर्न सक्ने हामीसँग पर्याप्त समय हुँदैन ।
तर, यातायात व्यवसायीले दसैैँको वेला चर्को भाडा असुलेको गुनासो आउने गरेको छ नि ?
हामीले त्यसरी असुल्दैनौँ । सरकारी दररेटअनुसार नै भाडा उठाउने हो । दसैँको वेला ‘क्यु फ्री हुन्छ, त्यस्तो वेलाचाहिँ केहीले बढी भाडा लिन्छन् । त्यो गलत पनि होइन । नियमित अवस्थामा नियमसंगत भाडा उठाउनुपर्छ । केहीले बदमासी गरे हामीलाई खबर गर्न सकिन्छ ।
यसपटकको दसैँ–तिहारलाई लक्षित गरी नयाँ बस कति थपिन्छन् ?
अहिले यातायातमा लगानी जोखिमपूर्ण छ । कम्पनी प्रालिमा गएपछि यातायात क्षेत्र छिन्नभिन्न भएको छ । बैंकले पनि लगानी गरेका छैनन् । तैपनि, हामीसँग जेजति साधन छन्, तिनै पर्याप्त छन् । तर, केही न केही नयाँ गाडी त थपिन्छन् नै ।