३ प्रश्न

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग कहाँ पुग्यो ?
२२ साउनमा प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव समितिमा आइसकेपछि प्रमाण संकलन र छानबिनको काम सुरु भएको छ । बुधबारको तेस्रो बैठकमा कार्यविधि र कार्यतालिका पारित भएको छ । १५ भदौमा महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएका छौँ । महाभियोग प्रस्ताव छानबिनको प्रारम्भिक चरणमा छ ।  

समितिले जिम्मेवारी पाएको १७ दिन बितिसकेको छ, छानबिन कहिले सकिन्छ ? 
प्रमाण संकलन र छानबिनको काम चलिरहेको छ । १५ गते जबराको बयान लिन्छौँ । उजुरीकर्ता र सरोकारवालाबाट पनि प्रमाण, सूचना र सुझाब लिन्छौँ । जबरालाई सफाइको मौका दिन्छौँ । कमसेकम २२ देखि २५ गतेभित्र सम्पूर्ण काम सकेर प्रतिवेदन संसद्लाई बुझाउँछौँ । सभामुखले संसद्मा पेस गरेर निर्णयार्थ पेस गर्छु भन्नुभएको छ । 

एमालेले उठाएका तीनवटा प्रश्नलाई समितिले कसरी सम्बोधन गर्दै छ ? 
हामीले प्रतिवेदनमा ती प्रश्नलाई पनि समेटेर जाने सहमति गरेका छौँ । 

सुझावित समाचार