३ प्रश्न

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

गठबन्धनमा सिट बाँडफाँडको तयारी हुँदै गर्दा पार्टीभित्र तपाईंहरूको दबाब किन ?
पार्टीभित्रै न्याय नहुने परिस्थितिमा नेतृत्वप्रति हाम्रो दबाब हो । नेतृत्वसँग सहमति नराख्नेले टिकट नपाउन सक्ने देखिएकाले बाध्य भएर दबाबमूलक गतिविधि गर्नुपरेको हो । गठबन्धनबाट सिट बाँडफाँडपछि नेतृत्वबाट हामीले टिकट नपाउन सक्ने देखिएकाले टिकट वितरणमा नीतिगत ‘नम्स ’ बनाउनुपर्छ । 

यसको निकास  के हुन सक्छ ? 
नेतृत्वले पार्टीभित्रकै अर्को पक्षलाई भन्दा गठबन्धनका दललाई महŒव दिएको अवस्था छ । चार दललाई दिएको समयको १० प्रतिशत मात्रै पार्टीको प्रतिपक्षलाई पनि दिनुपर्छ । यसो गर्न सके पार्टी पनि बलियो बन्छ । निर्वाचनमा पनि परिणाम राम्रो आउँछ । पार्टीको अर्को पक्षको सहयोगविना निर्वाचन जित्न सम्भव हुँदैन । त्यसैले, नेतृत्वले यसमा विचार गर्नुपर्छ ।

नेतृत्वले इतर समूहको मागलाई सुनेको छ त ? 
दबाबमूलक गतिविधिपछि नेतृत्वले डा. शेखर कोइरालासहित नेताहरूलाई बोलाएर मिलेर नै जाने भनेर  छलफल प्रारम्भ गरिसकेको छ । हाम्रो मागलाई केही हदसम्म सुन्न थालिएको र सुनुवाइ हुन्छ भन्ने हामीलाई लागेको छ । हामी आशावादी छौँ । 

सुझावित समाचार