जिल्ला प्रशासन कार्यालय रामेछापले गत आर्थिक वर्ष ०७८/७९ मा दुई करोड ३९ लाख ८० हजार २७६ रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रशासनले गत आवमा सबैभन्दा बढी राहदानी वितरणबाट मात्रै दुई करोड २१ लाख २२ हजार ५ सय रुपैयाँ संकलन गरेको छ। यसबाहेक न्यायिक दण्ड जरिवाना र जफत शुल्कबापत १५ लाख ३ हजार २९१ रुपैयाँ, कम्पनी दर्ता, संस्था दर्ता र रजिस्ट्रेसन शुल्कबाट तीन लाख २० हजार २५० रुपैयाँ र हातहतियार इजाजतपत्र दस्तुरबाट २५ हजार ५२५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
त्यसैगरी, कार्यालयले परीक्षा दस्तुरबापत ८ हजार २ सय रुपैयाँ राजस्व रकम संकलन गरेको छ। त्यस्तै, अन्य प्रशासनिक सेवा शुल्क ५ सय १० रुपैयाँ राजस्व रकम संकलन भएको कार्यालयका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए।