नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको खुद नाफा १६ अर्ब ९ करोड पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६४ प्रतिशतले बढी हो । प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।
प्राधिकरणको आम्दानी भने एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै प्राधिकरण सबैभन्दा बढी नाफा र आम्दानी गर्ने सार्वजनिक संस्था बनेको छ ।
‘यसबीचमा विद्युत् खपत र विद्युत् निर्यात बढ्यो । साथै, प्राधिकरणका स्वामित्वका आयोजनाबाट हुने विद्युत् उत्पादन पनि करिब १६ प्रतिशतले वृद्धि भयो,’ घिसिङले भने, ‘यसका अलावा विद्युत् चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’
आव ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा छ ।
कुलमानको नेतृत्वमा प्राधिकरणले गर्यो १६ अर्ब नाफा
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
सरकारले सार्वजनिक गर्यो ‘नागरिक बजेट’
नागरिक बजेटमा चालू आव ०८३/८४ को बजेट निर्माण प्रक्रियादेखि कार्यान्वयन र अनुगमनसम्मका व्यवस्था सरल भाषामा प्रस्तुत
आर्थिक वर्ष सुरु भएको तीन महिनापछि सुदूरपश्चिममा बजेट
अर्थमन्त्री चक्र मल्लले ल्याए ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट, करिब ४३ प्रतिशत स्र्रोत संघीय अनुदानमा आधारित, स्रोत अनुमान अस्वाभाविक
बुढीगण्डकी बाढीबाट यी जलविद्युत् आयोजनामा क्षति
काठमाडौं/ बुढीगण्डकी नदीको बाढीबाट चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीन आयोजनामा प्रत्यक्ष र एक आयोजनामा अप्रत्यक्ष प्…
तनहुँ जलविद्युत् आयोजनामा विपत् पूर्वतयारीका लागि नमुना अभ्यास
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपतकाे जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्था…
बुढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, निर्माण उपकरण र संरचना बगायो
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्…
कोशीको स्टार्टअप बजेटमा कार्यविधिको झमेला
निर्ब्याजी ऋण लिन बैंक ग्यारेन्टी पेस गर्नुपर्ने प्रावधानले गत वर्ष एक करोड फ्रिज, यसपालि विनियोजित दुई करोड वितरण गर्न प…