बुढीगण्डकी बाढीबाट यी जलविद्युत् आयोजनामा क्षति

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बुढीगण्डकी नदीको बाढीबाट चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीन आयोजनामा प्रत्यक्ष र एक आयोजनामा अप्रत्यक्ष प्रभाव परेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकीसहित यारू खोला र दोभान खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बुढीगण्डकी आयोजनाको मुख्य क्याम्प क्षेत्रमा क्षति भएको र केही निर्माण उपकरण बगाएको बताइएको छ।

यसैगरी, ३०.५९ मेगावाटको यारू खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री र उपकरण बगाएको छ। बाढीले २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति गरेको र बेलिब्रिज बगाएको सचिवालयले जनाएको छ।

१६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनासमेत अप्रत्यक्ष रूपमा प्रभावित भएको छ। उक्त आयोजना स्थल पुग्ने पुलमा र पहुँच सडकमा क्षति पुगेको छ।

सुझावित समाचार