काठमाडौं/ नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडानमा पाँच सय रुपैयाँ छुट र वार्षिक प्याकेजमा एक महिना थप सेवा उपलब्ध हुने भएको छ।
कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटिएच इन्टरनेट जडान गर्ने ग्राहकले जडान शुल्कमा पाँच सय रुपैयाँ छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबिपिएसका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।
मोबाइल सेवातर्फ टेलिकमले ४९९ रुपैयाँको दैनिक ५ जिबी र ६९९ रुपैयाँको दैनिक १० जिबी उच्चगतिको डाटासहितका अनलिमिटेड प्याकेज ल्याएको छ। त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट कल र ९९ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने प्याकेज पनि उपलब्ध गराएको छ।